scheduleआइतवार आश्विन ५ गते, २०७६

पक्राउ परे विप्लव पुत्र प्रकाश

चितवन, २४ भदाै । नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द पक्राउ परेका छन् । चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी प्रकाशसहित १५ जना पक्राउ परेका हुन् ।

मेडिकल कलेजका विद्यार्थीहरुले केही दिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलन गर्दै आएका छन् । आन्दोलनको नेतृत्व गरेका प्रकाश चन्दलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage