scheduleआइतवार आश्विन ५ गते, २०७६

नेकपा सचिवालय बैठक बस्दै आज

काठमाडौं, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ।  प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

आजको बैठकले छ वटा महानगर, प्रवास कमिटी र आयोगहरुको टुंगो लगाउन सक्ने सम्भावना रहेको श्रेष्ठले बताए । उनका अनुसार आजैको

बैठकले केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगको नेतृत्व पनि टुंगो लगाउने बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार गरेर फर्किएपछि पहिलो पटक नेकपा सचिवालय बैठक बस्न लागेको हो ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage