scheduleआइतवार आश्विन ५ गते, २०७६

अंगीकृत नागरिकका सन्तानलाई वंशज नागरिकता लिन ७ पुस्ता कुर्नुपर्ने !


काठमाडौं, २५ भदौ । संसदको राज्य व्यवस्था समितिको छलफलमा एक सांसदले अंगीकृत नागरिकका सन्तानलाई वंशज नागरिकता लिन ७ पुस्ता कुर्नुपर्ने प्रस्ताव गरेका छन् । सांसद झपट रावलले बुधबार राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथि भएको छलफलमा भाग लिँदै यस्तो प्रस्ताव अगाडि सारेका हुन् ।

सांसद रावलले अंगीकृत नागरिकको सन्तानलाई ३ देखि ७ पुस्ता बसोबास गरेपछि मात्रै वंशजको नागरिकता दिनुपर्ने प्रस्ताव गरे । उनले वैवाहिक अंगीकृत नागरिकताको हकमा भने नेपालमा विवाह गरेर आएको १० देखि १५ वर्षपछि कुर्नुपर्ने प्रस्ताव गरेका छन् ।

‘वैवाहित अंगीकृत नागरिकता विवाह गरेर आएको र नेपालमा लगातार १० देखि १५ वर्ष बसेकालाई मात्रै दिनुपर्छ,’ उनले छलफलमा भाग लिँदै भने, ‘अंगीकृत नागरिकका सन्तानलाई ५ देखि ७ पुस्ता नेपालै बसेपछि मात्रै वंशजको नागरिकता दिनुपर्ने प्रवधान राख्नुपर्छ ।’

छलफलमा भाग लिँदै अर्का सांसद प्रेम सुवालले अंगीकृत नागरिकका सन्तानलाई अंगीकृत नै नागरिकता दिनुपर्ने प्रस्ताव गरे । उनले १५ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने प्रस्ताव अगाडि सारे ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage