scheduleआइतवार आश्विन ५ गते, २०७६

सत्तारुढ दलकी नेतृको प्रस्ताव- खुला सीमा बन्द गरेर सेना तैनाथ गरौं


काठमाडौं, २५ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ तथा सांसद पम्फा भुसालले खुला सीमा बन्द गर्दै त्यहाँ नेपाली सेना तैनाथ गर्नुपर्ने प्रस्ताव राखेकी छिन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसद भुसालले यस्तो प्रस्ताव राखेकी हुन् । यद्यपि, अहिले नै भिसाको व्यवस्था गर्ने अवस्था भने नभएको भुसालको तर्क थियो । ‘अहिले भिसाको नै व्यवस्था गर्ने अवस्था त छैन तर पनि सीमा बन्द गरी आवागमनमा भने निगरानी गर्नुपर्छ,’ उनले भनिन् ।

उनले अगाडि थपिन्, ‘सामान्य आफ्नो परिचयपत्र देखाएर आवतजावतलाई सहज बनाउन तर खुला बोर्डर बन्द गर्नु पर्छ ।’

नेपाल-भारत सीमामा भारतीय सीमा सुरक्षा बल एसएसबीले हरेक वर्ष सीमा स्तम्भ सार्ने गरेको उनको आरोप थियो । उनले सीमा क्षेत्रमा नेपाली सेनालाई राख्नुपर्ने प्रस्ताव गर्दै भनिन्, ‘नेपाली सेनालाई बोर्डर नजिक राखौं, ठेक्का अरुलाई दिए पनि हुन्छ ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage