scheduleशुक्रवार मंसिर ६ गते, २०७६

गल्छीमा लेदोले सडक पुरिँदा आमदघाटदेखि सिम्लेसम्म जाम, एम्बुलेन्स पनि अलपत्र

धादिङ, २५ भदौ । पृथ्वी राजमार्गको गल्छी सडकखण्डमा सडक लेदो माटोले पुरिँदा बिहानैदेखि सवारी जाम भएको छ । हिलो माटो हटाउने प्रयास भइरहे पनि सवारी पूर्णरुपमा आवतजावत हुन सकेको छैन ।

यो समाचार तयार पार्दासम्म जाम आमदघाटदेखि सिम्लेसम्म पुगेको छ । लामो जाममा बिरामी बोकेका एम्बुलेन्स पनि रोकिएको स्थानीय पत्रकार नारायण सिलवालले जानकारी दिएका छन् ।

गल्छी नजिकै लेदो माटो खसेर सडक अबरुद्ध भएपछि बुधबार बिहानैदेखि यातायात अवरुद्ध बनेको हो । लेदो मिसिएको रातो माटोको लेदो सडकमा खस्नेक्रम नरोकिंदा धादिङको गल्छी गाउँपालिकाको वडा नम्बर ७ गल्छीबजार नजिकैको पृथ्वीराजमार्गमा लगातार यस्तो समस्या देखिइरहेको एक स्थानीयले जानकारी दिए ।

गल्छी गाउँपालिका–७ डल्टारमा खेत सिंचाईको लागि लगाईएको पानी खेतमा लगाएपछि त्यहाँबाट लेदो माटो बग्दै सडकमा थुप्रिएको हो । सडक अवरुद्ध भएपछि यसलाई हटाउन गाउँपालिकाले डोजर लगाएर लेदो माटो फाल्दै आईरहेको छ ।

तस्बिर सौजन्यः नारायण सिलवाल

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage