scheduleआइतवार आश्विन ५ गते, २०७६

तीन दिनमा २४ अंकले घट्यो नेप्से

काठमाडौँ, २४ भदाै । पछिल्ला तीन दिनमा शेयर कारोबार मापक नेप्से परिसूचक करिब साढे २४ अंकले घटेको छ ।

आइतबार नेप्से १२.६१, सोमबार ९.५४ र मंगलबार २.२४ अंकले घटेको हो । मंगलबारको गिरावटसँगै नेप्से परिसूचक १ हजार १ सय ६६.६७ विन्दुमा बन्द भएको छ ।अघिल्लो दिनको तुलनामा यो करिब ०.१९ प्रतिशतले कम हो ।

सो दिन १ हजार १ सय ६८.९२ विन्दुबाट कारोबार सुरु भएको थियो । बजार खुलेदेखि नै नेप्से बढ्न सकेन ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage