scheduleशुक्रवार कार्तिक १ गते, २०७६

तीन छोरा विदेशमा, घरमा एक्लै भएकी वृद्धाको गरगहना लुट्न हत्या


नवलपरासी, २५ भदौ । नवलपरासीमा एक महिलाको गहनाको कारण हत्या भएको प्रहरीले जनाएको छ । नवलपरासीको गैडाकोटमा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी ती महिलाको गरगहना लुट्न हत्या भएको प्रहरीले स्पष्ट पारेको हो ।

गैडाकोट १५ मनकामना टोलका ७० बर्षीय जेष्ठ नागरिक भुमादेवी खत्री आफ्नै घरमा एक्लै बस्दै आएकी थिइन् । उनका तीन छोराहरु जापान र अष्ट्रेलिया बस्दै आएका छन् ।

उनको मंगलबार राति नै हत्या भएपनि प्रहरीले बुधबार बिहान मात्र मुचुल्का उठाएको थियो । मृतकको कान, टाउको र अनुहारमा चोट लागेको भेटिएको छ । धारियो हतियार प्रहार नगरेको भएपनि उनलाई गहना लुट्ने क्रममा कुटपिट गरेर हत्या गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उनको शव भान्छा कोठाको भाडा माझ्ने ठाउँमा घोप्टो परेको अवस्थामा फेला परेको थियो ।

घटनाको बारे सुरुमा स्थानीयले वडा अध्यक्षलाई र वडा अध्यक्षले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनामा सम्लग्न रहेको आशंकामा खोटाङको खिचापोखरी घर भई हाल गैडाकोट १५ बेल्डियामा बस्दै आएका ३६ बर्षीय अर्जुन खड्कालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage