scheduleमगलवार भाद्र ३१ गते, २०७६

‘बार्सिलोनाले नेयमारलाई फर्काउन अहम भुमिका खेलेन’

काठमाडौँ, २६ भदौ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले नेयमारलाई ल्याउन बार्सिलोनाले अहम भुमिका नखेलेको बताएका छन् ।

दुई सिजन अगाडि बार्सिलोना छोड्दै पिएसजी क्लब हानिएका नेयमार बार्सिलोना फर्कन हरसम्भव प्रयास गरेका थिए ।

लियोनल मेस्सीले भनेका छन्, ‘नेयमार बार्सिलोना फर्कन चाहेका थिए । हामी पनि उत्साही भएका थियौँ । तर, बार्सिलोनाले उनलाई फर्काउन सानो प्रयास मात्र गर्यो ।’

उनले थप्दै भने, ‘यो पनि मैले भन्नुपर्छ पिएसजीसँग डिल गर्नु सहज कुरा होइन ।’

‘म निराश भने छैन । यस सिजन बार्सिलोनासँग बलियो टोली रहेको छ । हरेक उपाधिका लागि नेयमारबिना पनि यो टिम प्रतिस्पर्धा गर्न तयार रहेको छ ।’ उनले भने ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage