scheduleमगलवार माघ ७ गते, २०७६

बसभित्रै बलात्कार प्रयास, चालक र सहचालक पक्राउ

विराटनगर, २६ भदाै ।  मोरङमा १५ वर्षीया किशोरीमाथी बसभित्रै बलात्कार  प्रयास गरिएको छ । बलात्कार गर्न खोजेको आरोपमा चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नैमा ना ६ ख ९३४४ नम्बरको यात्रु बसका चालक मोरङको रंगेली नगरपालिका–३ का ३७ वर्षीय किरण खड्का र सहचालक उर्लाबारी नगरपालिका–४ का १९ वर्षीय सन्तोष न्यौपाने रहेका छन् ।

धनकुटा घर भई दमक नगरपालिका निवासी आफन्तकहाँ बस्दै आएकी १५ वर्षीय बालिकालाई गत २२ गते उनीहरुले बसभित्रै बलात्कार गर्न खोजेका थिए।  पीडित बालिकाले प्रतिकार गरी चिच्याएपछि स्थानीयवासीले प्रहरीलाई सूचना दिएका थिए।

उक्त सुचनापश्चात प्रहरीले  उनिहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय