scheduleमगलवार भाद्र ३१ गते, २०७६

माैसम खबर : प्रदेश ७ मा मेघ गर्जनसहित वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं, २६ भदाै । जल तथा मौसम पूर्वानुमान महाशाखाले  प्रदेश ७ मा मेघ गर्जन सहित वर्षा भइरहेको जनाएको छ ।  प्रदेश ४, ५ र ६ को उत्तरी भागमा केही र प्रदेश ७ को अधिकांश भागहरुमा मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भई विस्तारै उत्तरपूर्व तर्फ जाने क्रम रहेकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

हाल कैलालीको मोहना नदी मालाखेतीस्थित बाढी मापन केन्द्रमा वहाव सतर्कता तहमा पुगेको महाशाखाले जनाएको छ ।

घुराहा, खुटिया, मोहना, मछेली, स्याउली, चौधर लगायत नदीको तटिय क्षेत्रमा बहाव बढ्ने भएकोले सतर्कता अपनाइ राख्न  आग्रह गरिएको बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage