scheduleबिहिवार मंसिर ५ गते, २०७६

नयाँ ग्रहमा पानी भेट्टियो, प्राणीका लागि समेत तापक्रम उपयुक्त

एजेन्सी, २६ भदौ । अनुसन्धानकर्ताले हाम्रो सौर्यमण्डल भन्दा बाहिर रहेको एउटा ग्रहमा पानी र प्राणी बाँच्न सक्ने तापक्रम रहेको तथ्य सार्वजनिक गरेका छन् ।

नयाँ अध्ययन अनुसार सौर्यमण्डल भन्दा बाहिर रहेको उक्त ग्रहको वायुमण्डलमा पानीका कण भेट्टिएको छ। यति मात्रै होइन, के-२-१८ बि नामक उक्त ग्रहको तापक्रम समेत जीवनका लागि उपयुक्त रहेको वैज्ञानिकहरुको भनाइ छ ।

के-२ सम्बन्धी तथ्याङ्कलाई अलगोरिदममार्फत् विश्लेषण गर्दा यसको वायुमण्डलमा पानीका कणहरु देखिएको अनुसन्धानकर्ताले बताएका छन् । साथै वायुमण्डलमा होइड्रोजन र हेलियम समेत रहेको पाइएको छ । उक्त ग्रहबारे सन २०१६ र २०१७ मा संकलन गरिएका चित्रको अध्ययन गरेपछि अनुसन्धानकर्ताहरु यस्तो निष्कर्षमा पुगेका हुन् ।

साथै उक्त ग्रहको वायुमण्डलमा नाइट्रोजन र मिथेन समेत हुन सक्ने र यसबारे थप अध्ययन आवश्यक रहेको अनुसन्धानकर्ता जिओभानी टिनेटीले बताए । ‘हामीले गरेको अनुसन्धानसँगै के-२ बारे भविष्यमा थप र रोचक अध्ययन आवश्यक छ’, टिटेनीले भने, ‘सौर्यमण्डलभन्दा बाहिर हालसम्म झण्डै ४ हजार ग्रहहरु भेट्टिएका छन् तर ती ग्रहको संरचना र वातावरणबारे पर्याप्त जानकारी हासिल भइरहेको छैन ।’

‘यद्यपि, ती ग्रहबाट प्राप्त नमूनालाई हेरेर संरचना, बनावट र विकासबारे थाहा पाउने आशा गरेका छौं’, टिटेनीले थपे ।

विशेष गरी के-२ को वायुमण्डलमा पानीको वाफ र कणहरु भेट्टिएपछि खगोलविद्हरु थप उत्साहित भएका छन् । सौर्यमण्डभन्दा बाहिर रहेको ग्रहमा पहिलो पटक पानीका कण र उपयुक्त तापक्रम रहेको र प्राणीहरु बाँच्न सक्ने अवस्था देखिएपछि यसले वैज्ञानिक जगतमा हलचल नै ल्याएको छ ।

अनुसन्धानबाट प्राप्त निष्कर्षलाई बुधबार नेचर एस्ट्रोनोमी नामक जर्नलमा प्रकाशित गरिएको थियो । ‘प्राणीको जीवन धान्न सक्ने गरी पानी भेट्टिएपछि हामीहरु निकै उत्साहित भएका छौं, अनुसन्धानमा संलग्न एंगेलोस टिसिआरसले भने, ‘के-२ पृथ्वीभन्दा ठूलो छ र यसको वायुमण्डलको संरचना समेत अलि फरक छ तर पानी भेट्टिएपछि पृथ्वीमा मात्रै जीवन संभव छैन भन्ने कुरा प्रस्ट भएको छ ।’

हाम्रो सौर्यमण्डलभन्दा बाहिर रहेको के-२-१८-बिलाई सन् २०१५ मा नासाका वैज्ञानिकहरुले पत्ता लगाएका थिए । यो ग्रह लियो तारापुञ्जमा रहेको एउटा तारालाई परिक्रमा गर्छ । यसको आकार पृथ्वीभन्दा ८ गुणाले ठूलो छ । यही भएर वैज्ञानिकहरुले यसलाई ‘सुपर अर्थ’ वा महा पृथ्वी भनेर समेत नामाकरण गरेका छन् । के-२ ले ३३ दिनमा तारालाई परिक्रमा गर्छ । तारा र यसको दूरी समेत पृथ्वी र सूर्यबीचको दूरीभन्दा कम रहेको छ ।

त्यस्तै के-२ को तापक्रम र पृथ्वीको तापक्रम उस्तै-उस्तै रहेको समेत अनुसन्धानकर्ताले बताएका छन् । तर यसले परिक्रमा गर्ने ताराले निकै चलायमान रहेकाले विकीरणको मात्रा भने पृथ्वीको भन्दा बढी हुन सक्ने अनुमान समेत उनीहरुको छ ।

यद्यपि, पहिलो पटक प्राणी बाँच्न सक्ने वायुमण्डसहितको ग्रह भेट्टिनु खुसीको कुरा भएको अर्का अनुसन्धानकर्ता इग्नो वाल्डम्यानको भनाइ छ । ‘आगामी केही दशकमा नै विभिन्न सुपर अर्थ भेट्टिने संभावना बढेको र यही क्रममा प्राणी बाँच्न सक्ने ग्रह पहिलो पटक देखिनु राम्रो कुरा हो’, वाल्डम्यानले भने ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage