scheduleमगलवार भाद्र ३१ गते, २०७६

नेकपाद्वारा निर्वाचन आयोगमा दल दर्ताको निवेदन

काठमाडौं, २६ भदाै । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।

उपनिर्वाचनलाई दल दर्ताको निवेदन बिहीबार आयोगमा बुझाइएको नेकपाका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीले भने -‘नेकपाका तर्फबाट दल दर्ताको निवेदन आयोगमा प्रस्तुत गरिएको छ,’ ।

बुधबार बसेको सचिवालय बैठकले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको थियो।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage