scheduleमगलवार भाद्र ३१ गते, २०७६

डोरियन आँधीमा परी झण्डै २५ सय मानिस बेपत्ता

एजेन्सी, २६ भदौ । शक्तिशाली समुद्री आँधी डोरियनमा परी  बाहामासमा झण्डै २५ सय मानिस बेपत्ता भएका छन् ।

बुधबार बाहामासका अधिकारीले शक्तिशाली आँधी डोरियनमा परी करिब २५ सय मानिस हराइरहेको बताएका हुन् । १ हप्ताअघि आएको उक्त आँधीमा परी बाहामासमा हालसम्म ५० जनाले ज्यान गुमाइसकेका छन् ।

यसरी हराउनेमा  सुरक्षित स्थानमा बास बसिसरहेका मानिस समेत हुन सक्ने अधिकारीहरुको भनाइ छ ।

आँधीमा परी ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अधिकारीले जनाएका छन् ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage