scheduleमगलवार भाद्र ३१ गते, २०७६

निको भए डेङ्गु संक्रमित डा. रुइत, अस्पतालबाट डिस्चार्ज


काठमाडौं, २६ भदौ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई निको भएको छ । डेंगु संक्रमण देखिएपछि नर्भिक अस्पताल भर्ना भएका रुइत स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

उनी गत शुक्रबार नर्भिक अस्पताल भर्ना भएका थिए । स्वास्थ्य अवस्था सामान्य भए पनि नर्भिकका चिकित्सकले उनलाई १० दिन घरमै आराम गर्न सुझाव दिएपछि घर फर्किएका उनी नियमति काममा भने केही दिन फर्किने छैनन् । उनलाई तत्काल बिरामीको उपचारमा संलग्न नहुन र घरमै आराम गर्न उपचारमा संलग्न चिकित्सकले सुझाव दिएका छन् ।

डा. रुइतसँगै अस्पताल भर्ना भएकी उनकी छोरी पनि निको भएकि छिन् । उनमा पनि डेंगु ज्वरो देखिएको थियो । रुइतकी भाञ्जी भने अझै अस्पतालमै रहेको उनको पारिवारिक स्रोतले बताएको छ । रुइतकी भाञ्जीलाई पनि डेङ्गु संक्रमण भएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage