scheduleमगलवार भाद्र ३१ गते, २०७६

सन्दिप लामिछाने यसपटक पनि मेलवर्न स्टार्सबाट खेल्ने

काठमाडौं, २६ भदौ । नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले आगामी संस्करणको विग ब्यास लिग मेलवर्न स्टार्सबाटै खेल्ने भएका छन् ।

नेपाली टोलीका टेक्निकल म्यानेजर रमन शिवाकोटीले सन्दिपले मेलबर्न स्टार्सबाटनै विग ब्यास खेल्ने पक्का भएको बताएका हुन् । सन्दिप र मेलवर्न स्टार्सबीच केही समयमा नै सम्झौंता हुने उनको भनाई छ ।

मेलवर्न स्टार्सबाट खेल्दा सन्दीपले पाउने पारिश्रमीकबारे हाल टुंगो लागि सकेको छैन ।। यस पटक सन्दीपले मेलवर्न स्टार्ससँग पुरै खेल खेल्ने छन् । विग ब्यास अवधीमा अन्य कुनै लिगको लागि सम्झौंता गर्ने छैनन् । सन्दीप गत वर्ष विग ब्यास खेल्दा बिचमै छोडेर बंगलादेश प्रिमियर लिग खेल्न गएका थिए ।

गत वर्ष सन्दीपले विग ब्यासमा उत्कृष्ट प्रर्दशन गर्दै ८ खेलमा ११ विकेट लिएका थिए । स्टार्सलाई फाइनल सम्म पुर्याउन सन्दीपको प्रर्दशन महत्वपूर्ण थियो ।

बिग ब्यासमा गत वर्ष सन्दीपको टोलीले फाइनलमा मेलबर्न रेडेगर्ससँग १३ रनको हार ब्यहोरेको थियो । आगामी संस्करणको विग ब्यास डिसेम्बर १७ देखि २०२० को फेब्रुअरी ८ सम्म अष्ट्रेलियाका विभिन्न सहरमा हुनेछ । विग ब्यासमा ८ टोलीले होम अवे खेल्नेछन् ।

सन्दीप हाल क्वारेवियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage