scheduleमगलवार भाद्र ३१ गते, २०७६

चालक र सहचालक मिलेर यात्रुलाई बलात्कार गर्न खोजेपछि


झापा, २६ भदौ । झापामा एक १५ वर्षीया किशोरीलाई बलात्कार प्रयास गर्ने चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ । बसमा यात्रा गरिरहेकी ती किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दुरङ्गेली नगरपालिका–३ का ३७ वर्षीय किरण खड्का र उर्लाबारी नगरपालिका– ४ का १९ वर्षीय सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि बसमा यात्रा गरिरहेको समयमा गत भदौ २२ गते ती किशोरीलाई बलात्कार प्रयास गरेको आरोप लागेको छ । खड्का बस चालक र न्यौपाने बसका सहचालक हुन ।

किशोरी बेलबारी नगरपालिकामा रहेको बेतना सिमसार घुमेर ना ६ ख ९३४४ नं को बस चढेकी थिइन् । उनी झापा दमकमा उत्रन लागेको बेला चालक र सहचालकले बस घुमाएर मोरङको रङ्गेली नगरपालिका–९ मा ल्याएर बसभित्रै बलात्कार प्रयास गरेको आरोप लागेको छ ।

बलात्कार प्रयास गर्दै गर्दा किशोरी चिच्याएपछि स्थानीयले थाहा पाएका थिए । स्थानीयको सहयोगमा उनीहरुलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएका प्रहरीले पक्राउ गरेका हुन् । पक्राउ परेका दुवैलाई मुलुकी अपराधसंहिता २०७६ बमोजिम म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage