scheduleमगलवार भाद्र ३१ गते, २०७६

मेस्सी भन्छन्- रोनाल्डोसँग कुनै दुश्मनी छैन, डिनरको निम्तो आए जान्छु

एजेन्सी, २६ भदौ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले युभेन्टसका स्टार क्रिश्चियानो रोनाल्डोसँग मित्रवत सम्बन्ध नरहेको स्वीकारेका छन् । तर रोनाल्डोले डिनर खान बोलाए भने आफू उनको घर जान तयार रहेको मेस्सीको भनाइ छ ।
स्पेनिस पत्रिका स्पोर्ट्ससँग कुरा गर्दै मेस्सीले यस्तो बताएका हुन् । यदि रोनाल्डोले डिनर खान बोलाए भने के गर्नुहुन्छ भनेर सोधिएको प्रश्नको उत्तर दिँदै मेस्सीले भने- ‘अवश्य जान्छु र रोनाल्डोसँग सँगै खान खाने कुरामा मलाई कुनै समस्या छैन ।’
रोनाल्डबारे आफूसँग कुनै दुश्मनी नरहेको मेस्सीको भनाइ छ । ‘रोनाल्डोसँग मेरो कुनै  दुश्मनी छैन’, उनले भने, ‘उनी मेरो साथी समेत होइनन् किनकि हामी दुबैजना एउटै ड्रेसिङ रुममा कहिल्यै बसेका छैनौ ।’

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage