scheduleआइतवार भाद्र २९ गते, २०७६

रौतहटमा गोली चल्यो, सशस्त्र प्रहरी परिचालन


रौतहट, २६ भदौ । दुई धर्म सम्प्रदायका युवाहरुबीच असमझदारी बढेपछि बढेको दंगा नियन्त्रण गर्न रौतहटमा प्रहरीले ५८ राउण्ड गोली चलाएकोछ । जिल्लाको राजपुर नगरपालिका-८ कुडिया बजारमा प्रहरीले २९ राउण्ड हावाइ फायर र ३० राउण्ड टियर ग्याससहित ५८ राउण्ड गोली चलाएको हो ।

बुधबार मुस्लिम समुदायको मुहरर्म पर्व मनाउन गएका युवाले हिन्दूहरूले मनाउने पर्व छठको स्थानमा क्षति पुर्‍याए स्थानीयहरुबीच तनाव बढेको थियो । उक्त विवाद बढ्दै जाँदा विहीबार पनि उक्त क्षेत्रमा झडप सुरु भएपछि प्रहरीले गोली चलाएको हो । उक्त क्षेत्र अहिले पनि तनाब ग्रस्त रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नबिन कार्कीले जानकारी दिए ।

बुधबार साझ पनि झडपलाई नियन्त्रणा लिन प्रहरीले ८ सेल अश्रु ग्याससहित २९ राउन्ड हवाई फायर गरेको थियो । झडपको क्रममा करिब १ दर्जन प्रहरीसहित केही प्रदर्शनकारी पनि घाइते भएका छन् ।

प्रहरीले विवाद समाधान गर्ने उद्देश्यले छठ घाटमा मुस्लिम समुदायले लगाएको झण्डा आफैले हटाएको छ । राजपुर नगरपालिकाका नगर प्रमुख सकिल अख्तरले घटनामा राजनीतिकारण हुनु दुर्भाग्य भएको बताए । आपसी सदभाव कायम गर्न बुधबार साँझ सर्वपक्षीय छलफल भएको थियो ।

अहिले उक्त तनावग्रस्त क्षेत्रमा सशस्त्र प्रहरी बल पनि परिचालित भएको छ । तनावग्रस्त क्षेत्र भारतीय सीमासँग जोडिएकोले पनि तनावले उग्ररुप लिने गरेको छ । उक्त स्थानमा प्रत्येक वर्ष मुस्लिमको पर्व मुहरर्म र हिन्दूहरूको पर्व झण्डी मनाउने क्रममा झडप हुँदै आएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage