scheduleसोमवार आश्विन ६ गते, २०७६

डेङ्गुबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक, स्वास्थ्यमन्त्री भने रुपन्देहीमा


काठमाडौं, २६ भदौ । देशभर आतंक मच्चाइरहेको डेङ्गुबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार अपरान्ह मन्त्रिपरिषदको बैठक डाकिएको हो ।

पछिल्लो समय प्रधानमन्त्रीको स्वास्थ्यमा पनि समस्या देखिएकोले बैठक बालुवाटारमै बोलाइएको बताइएको छ । बैठकमा डेंगुको प्रकोप एवं कतिपय कानुन निर्माण लगायतका एजेण्डामा छलफल हुने बालुवाटार स्रोतले बताएको छ ।

उता उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव भने समाजवादी पार्टी नेपालको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा लागि रुपन्देही पुगेका छन् । पार्टीको प्रदेश नं. ५ को कार्यक्रकमा लागि विहीबार रुपन्देही पुगेका हुन् ।

रुपन्देहीको मर्चवारी गाउँपालिकामा आयोजित आमसभामा उक्त पार्टीका अध्यक्ष तथा स्वास्थ्यमन्त्री यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यो समाचार तयार पार्दासम्म मन्त्री यादवले आमसभामा सम्बोधन गरिसकेका छैनन् ।

यो पनि-
डेङ्गुबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage