scheduleसोमवार फाल्गुन १२ गते, २०७६

दसैंका लागि अग्रिम टिकट बुकिङ असोज ५ बाट खुल्ने

काठमाडौं, २६ भदौ । यसपालि दसैंका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ।

बिहीबार यातायात व्यवस्था विभागमा बसेको विभागका महानिर्देशक, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।दसैं तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने विभागले जनाएको छ।

त्यस्तै विभागका अनुसार दसैं रतिहारसम्म पुरानै भाडा रहनेगरी यातायात व्यवसायीसँग सहमति भएको छ। ३/४ महिनापछि मात्रै वैज्ञानिक भाडादर निर्धारण गरी सोअनुरुप लागू गरिने विभागले जनाएको छ ।

साथै विभिन्न १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिने र विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रिय यातायात व्यवस्थापन अनुगमन समिति गठन हुने निर्णय समेत भएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय