बलिउड नायिका सनी लियोनी काठमाडौंमा
काठमाडौं, २६ भदौ । बलिउड अभिनेत्री सन्नी लियोनी बिहीबार काठमाडौं उत्रिएकी छन् । शनिबार भारत फर्किने तालिकासहित नेपाल आएकी सन्नीले शुक्रबार नेपालका केही ठाउँका भ्रमण समेत गर्ने बताइएको छ ।
अभिनेत्री लियोनी फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन नेपाल आएकी हुन् । अभिनेत्री लियोनी ‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले सन्नी नेपाल आइसकेको जानकारी दिए ।
निर्देशक बस्नेतका अनुसार कमलपोखरीस्थित कुमारी चलचित्र भवनमा आज साँझ ७ :३० बजे आयोजना हुने फिल्म ‘पासवर्ड’को प्रिमियरका लागि सन्नी अपरान्ह सबा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् ।
फिल्म ‘पासवर्ड’को सन्नीले एक आइटम नृत्य गरेकी छन् । सन्नी नेपाल आउन लागेको यो पहिला पटक भने होइन । केही पहिले पनि उनी एक व्यापारिक कार्यक्रममा सहभागी हुन नेपाल आएकी थिइन् ।
पोर्न दुनियाँबाट बलिउडमा प्रवेश गरेकी सन्नीलाई नेपाली फिल्मको आइटमका लागि निर्माण युनिटले दुई करोड तिरेको बताइएको छ ।