scheduleसोमवार आश्विन ६ गते, २०७६

नादेझ्दा कप उज्वेकिस्तानलाई, उपाधि उचाल्ने नेपालको सपना चकनाचुर

काठमाडौं, २६ भदौ । नादेझ्दा कपको फाइनलमा नेपाललाई ३-२ गोलले हराउँदै उज्वेकिस्तानले उपाधि हात पारेको छ ।

बिहीबार किर्गिस्तानमा भएको फाइनल खेलमा नेपाललाई ३-२ गोल अन्तरले हराउँदै उज्वेकिस्तानले उपाधि जितेको हो । उज्वेकिस्तानले पहिलो हाफमा नै नेपाललाई १-० गोलले पछाडि पारेको थियो । नेपालले खेलको ३९ औं मिनेटमा पहिलो गोल खाएको थियो ।

उज्बेकिस्तानको मिडफिल्डबाट आएको लामो पास डिफेन्डर पुनम जर्घामगरले क्लियर गर्ने प्रयास गर्दा उज्बेकी खेलाडीको खुट्टामा पुगेको थियो । त्यसपछि आएको पासलाई नेपाली डिफेन्सले बुझ्न नसक्दा वन भर्सेस वनमा गोल गर्दै उज्बेकिस्तान अगाडि बढेको थियो ।

नेपाली डिफेन्स पोजिसनमा नरहेको फाइदा उठाउँदै उज्बेकिस्तानले ५४ औं मिनेटमा दोस्रो गोल गरेको थियो । ६४ औं मिनेटमा तेस्रो गोल गर्दै उज्बेकिस्तानले ३-० को अग्रता लियो ।

नेपालका लागि सावित्रा भण्डारीले ६७ औं मिनेटमा गोल फर्काइन् । त्यस्तै इन्जुरी समयको पहिलो मिनेटमा सावित्राले पेनाल्टीमा गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । अनिता बस्नेतको प्रहारले उज्बेकी डिफेन्डरको हातमा लागेपछि नेपालले पेनाल्टीको मौका पाएको थियो ।

तर थप समयमा गोल हुन नसक्दा नेपाल उपविजेतामा सिमित भयो । आजको हारसँगै पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जित्ने नेपालको सपना चकनाचुर भएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage