scheduleसोमवार आश्विन ६ गते, २०७६

काठ तस्करी गर्नेमाथि खुकुरी प्रहार गरेको अभियोगमा राई पक्राउ

झापा, २६ भदौ । काठ तस्करी गर्नेमाथि खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका २ स्थित धनुषकोटी बस्ने धन बहादुर राई रहेका छन् । उनले सोही ठाउँ बस्ने डम्बर बहादुर राई समेत तीन जनालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा  प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा ईलामबाट काठ तस्करी गरी ल्याउँदै गरेको सुकेडाँगी सामुदायिक वन उपभोक्ता समितिले थाहा पाई गस्ती गर्दै जाँदा तस्करहरुले तीन जनालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

घाइतेहरूको बिएनसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage