scheduleसोमवार आश्विन ६ गते, २०७६

चौराह अस्पतालमा डेंगु परीक्षण नि:शुल्क

बुटवल, २६ भदाै । बुटवल उपमहानगरपालिकास्थित चौराह अस्पतालले गरिब बिरामीको डेंगुको परीक्षण नि:शुल्क गर्ने भएको छ।

डेंगुले जिल्लाभर भयावह अवस्था ल्याउन थालेपछि अस्पतालले गरिब तथा विपन्न वर्गका बिरामीहरूको परीक्षण नि:शुल्क गर्ने भएको हो।

शुल्क तिरेर डेंगुको परीक्षण गर्न नसक्ने गरिब तथा विपन्न वर्गका बिरामीहरूलाई नि:शुल्क गरिएको अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले जानकारी दिए ।

अस्पतालले आयस्रोत राम्रो भएका व्यक्तिहरूले गरिब तथा विपन्न वर्गलाई छुट्याएको सुविधाको प्रयोग नगर्न पनि आग्रह गरेको छ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage