scheduleसोमवार फाल्गुन १२ गते, २०७६

एनसेल करछलीमा कमल थापाले मुख खोले, भन्छन्- ४० अर्बको चलखेल

फाइल तस्बिर

काठमाडौं, २६ भदाै ।  टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको कर विवादमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुख खोलेका छन्। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले बिहीबार  ट्विटरमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले एनसेल कर छलीमा ४० अर्बको चलखेल भएको दाबी गरेका छन्। अध्यक्ष थापाले सर्वोच्च अदालतले पनि भ्रष्टाचारीलाई नै फाइदा गरेको बताएका छन्। एनसेल करछली नेपालको हालसम्मको सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड  भएको उनको बुझाइ रहेको छ ।

उनले एनसेल करछलीमा  संसद र जनताले नै अन्तिम फैसला गर्नै धारणा व्यक्त गरेका छन् ।  राप्रपाले यो भ्रष्टाचार काण्डबारे सदनदेखि सडकसम्म आवाज उठाउने छ उनले लेखेका छन्  ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय