scheduleसोमवार आश्विन ६ गते, २०७६

डेंगी सङ्क्रमणः प्रदेश नं. ३ सबैभन्दा प्रभावित, जिल्ला चितवन


काठमाडौं, २६ भदौ । सरकारले डेंगी संक्रमणबाट प्रदेश नम्बर ३ र जिल्लामा चितवन बढी प्रभावित भएको जनाएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै उक्त कुरा बताएको हो ।

त्यसैगरी मकवानपुर दोस्रो र तेस्रोमा कास्की जिल्ला डेंगी संक्रमणबाट प्रभावित भएको महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा. विवेक कुमार लालका अनुसार रोगको ठ्याक्कै उपचार नभएकाले लक्षणका आधारमा उपचार गर्नुपर्ने बताए । उनले आफुखुसी औषधी सेवन नगर्न पनि सबैलाई आग्रह गरे ।

उनले लामखुट्टे नियन्त्रण नै डेंगी नियन्त्रणको प्रभावकारी उपाय भएकाले विभाग तथा सम्बन्धित निकायहरुले सबै सम्बन्धित निकायसँग समन्वय गरि लामखुट्टे नियन्त्रण, उपचार र सबै प्रदेशका स्वास्थ्यकर्मीहरुलाई तालिम दिने काम भइरहेको जानकारी स्पष्ट पारे ।

खोप तथा औषधीबाट डेंगी र्निमूल गर्न नसकिने भएकाले सरकारले काम गरेन भनेर दोष दिन नमिल्ने बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage