scheduleसोमवार आश्विन ६ गते, २०७६

दशैं-तिहारमा भायानेटको टिभी उपहार


काठमाडौं, २६ भदौ । नेपालको पहिलो र विशाल एफटिटिएच इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन्स्ले विहीबारदेखि दशैं र तिहारको अवसरमा ग्राहकका लागि ‘भायनेट दशै तिहार टिभी को उपहार’ नामक नयाँ अफर ल्याएको छ ।

यस अफरमा भायनेटका ग्राहकले अतिरिक्त स्पिडको इन्टरनेट र २३० भन्दा बढी च्यानल भएको नेटटिभीको साथमा स्काइवर्थको ३२ र ४० इन्च टिभीमा भारी छुटमा प्राप्त गर्न सक्ने भायानेटले जनाएको छ ।

इन्टरनेट र टिभीका ग्राहक बन्ने सम्पूर्ण ग्राहकले ३२ र ४० इन्चको स्काइवर्थ एलईडी टिभी घरमै लैजान सक्नेछन् । भायानेटका अनुसार वार्षिक २५ हजार ९ सय ९० मूल्यमा ग्राहकहरुले ५० एमबिपिएस स्पिडको इन्टरनेट र २३० भन्दा बढी च्यानल भएकोे नेटटिभीको साथ स्काइवर्थको ३२ इञ्चको टिभी घर लैजान सक्नेछन् ।

ग्राहकहरुको सुभिधा र ईच्छालाई मध्यनजर गर्दै भायनेट कम्युनिकेसन्स्ले स्काइवर्थको ४० इन्च टिभी र इन्टरनेटको कम्बो प्याक ल्याएको छ ।

वार्षिक ३४ हजार ५ सय ४५ को मूल्यमा ग्राहकहरुले ५० एमबिपिएस स्पिडको इन्टरनेट र २३० भन्दा बढी च्यानल भएको नेटटिभी को साथ स्काइवर्थ को ४० इन्च टिभी घरमै लैजान सकिनेछ ।

प्रथम २०० जना ग्राहकहरुले यस योजनामा थप १ हजार ४ सय ७५ को छुट पाउने भायानेटले जनाएको छ ।

विगत १९ वर्षदेखि भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्नमा सधैं अगाडि रहेको भायानेटले आफ्नो सेवालाई काठमाडौंबाहिर विस्तार गर्दै हाल विराटजगर, इटहरी, वीरगंज, हेटौडा, टाँडी, नारायणगढ, बुटवल, भैरहवा, धनगढी, धधेलधुरा, बनेपामा इन्टरनेट र टिभी सेवा सुचारु गरेको जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage