scheduleमगलवार आश्विन २८ गते, २०७६

पूर्वप्रेमीबारे यस्तो सोच्छन् युवतीहरु, हेर्नुस् १० वटा तथ्य !

पहिलो प्रेम सबैका लागि खास हुन्छ । चाहे सफल होस् या असफल नै किन नहोस्, त्यसलाई भुल्न काफी मुश्किल हुन्छ । कतिपय यस्ता पनि हुन्छन्, पहिले केही नसोची ब्रेकअप दिन्छन् । तर, पछि उसबारे जान्ने उत्सुकता भने रहिरहन्छ ।

यस्तै उत्सुकताका कारण समय-समयमा उसको फेसबुक प्रोफाइल चेक गर्छन् । केही साझा साथीको माध्यमबाट ऊबारे जान्ने प्रयास गरिरहन्छन् । तर अगाडि गएर कुरा गर्ने हिम्मत भने हुँदैन ।

यस्तो कुरामा युवकहरु भन्दा युवतीहरु बढी सोच्छन् । पूर्वप्रेमीहरुको विषयलाई लिएर युवतीहरुको दिमागमा के चल्छ जान्न चाहनुहुन्छ ? विभिन्न समयमा गरिएका रिसर्चहरुबाट पत्ता लागेका १० तथ्य यसप्रकार छन् ।

आजभोलि फेसबुक निकै लोकप्रिय छ । त्यसैले हरेकले आफूले चाहेको गतिविधि सुरुमा त फेसबुकबाटै नियाल्छन् । त्यसैले तथ्यहरु पनि फेसबुककै पेरिफेरिमा छन् ।

१. सुरुमा केही नसोची उसको फेसबुक प्रोफाइल चेक गर्छन् । त्यसपछि ला … ! मैले प्रोफाइल चेक गरेको उसले थाहा पाए के होला ? भनेर सोच्न थाल्छन् ।

२. हँ, यसको प्रोफाइल पिक्चरमा यति धेरै लाइक ? त्यसमा पनि प्राय: केटी  ! कुछ तो गडबड हे ।

३.  उसको साथमा यो केटी को हो, जो तस्वीर यति धेरै नजिक छे ।

४. त्यो केटीको प्रोफाइल चेक गरुँ कि ?

५. उसले यो स्टाटस मेरै लागि लेखेको हुनसक्छ । हाम्रो ब्रेकअप पनि त यही समयमा भएको थियो ।

६. ओहो ! यसले आफ्नो ग्रुप बदलेछ, त्यो ग्रुपमा यति धेरै केटी रहेछन् ।

७. अरे, आफ्नो दारी किन पालेको होला, कस्तो सुहाएन ।

८. ओहो ! अब त यसले पनि ब्राण्डेड पहिरन लगाउन थालेछ, बल्ल थाहा भयो होला त्यति बेला मेरो ब्राण्डेड ब्याग हराउँदा म किन त्यति धेरै निरास भएको थिएँ ।

९. ओहो नाइँ ! मेरो रुम मेट त उसको साथीको बहिनी हो । अब के होला ?

१०. ह्या, यसको बारेमा सोचेर मैले किन आफ्नो समय बर्बाद गर्दैछु ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage