scheduleशनिवार कार्तिक २ गते, २०७६

पूर्ण संस्थागत सुत्केरीलाई जोड दिँदै स्थानीय सरकार

काठमाडौँ, २७ भदौ । घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन पाल्पाका स्थानीय सरकारले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियान कार्यक्रमलाई तीव्रता दिएका छन् ।

नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप पाल्पा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले वडा वडा तहबाट घरमै सुत्केरी हुने दर घटाउन अभियानका रूपमा जोड दिएका हुन् । मुलुकमा ७० प्रतिशतको हाराहारीमा ंसंस्थागत सुत्केरी हुने दर रहेपनि पाल्पा जिल्लामा भने हाल ९० प्रतिशत रहेको पाइएको छ ।

जिल्लाका पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिकाका केही वडा पूर्ण संस्थागत वडा घोषणा भइसकेका छन् । गत आर्थिक वर्षमा जिल्लामै पहिलो पटक माथागढी गाउँपालिका–३ को कसेनीलाई पूर्ण संस्थागत सुत्केरी वडाका रूपमा घोषणा गरिएको थियो ।

त्यस्तै बगनासकाली गाउँपालिकाको–२ पोखराथोक, पूर्वखोला गाउँपालिकाको ३, ५ र ६ वडालाई पनि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । पूर्वखोलाका वडा नं १, २, ४ लाई पनि कात्तिक मसान्तभित्र पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने कार्यक्रम रहेको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक मोहन ढकालले बताए ।

उहाँका अनुसार पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रमका लागि गाउँपालिकाले प्रति वडा रु २५ हजार रकम उपलब्ध गराएको छ । गत आर्थिक वर्षमा वडा नं १ मा सिलुवा स्वास्थ्य चौकीमा ४२, वडा नं २ को जल्पा स्वास्थ्य चौकीमा २०, वडा नं ३ को रिङ्नेरह स्वास्थ्य चौकीमा २५, वडा नं ४ को देवीनगर स्वास्थ्य चौकीमा १४ जनाले बच्चा जन्माएका छन् ।

त्यस्तै वडा नं ५ को बिरकोट स्वास्थ्य चौकीमा ४१ र वडा नं ६ को हेक्लाङ्ग स्वास्थ्य चौकीबाट २७ जनाले प्रसूति सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखाका उपसंयोजक ढकालले जानकारी दिएका छन् । घरमै सुत्केरी हुने दरलाई शून्यमा पु¥याउने लक्ष्य र सुत्केरी आमा र शिशुको ज्यान अकालमै नजाओस् भनेर स्वास्थ्य स्वास्थ्यमा नै पुगेर सेवा लिनका लागि सुत्केरी र उनका सहयोगीलाई खानाको व्यवस्था गाउँपालिकाले नै गरेको उनले बताएका छन् ।

पूर्वखोला गाउँपालिकाले सुत्केरी र उनका सहयोगीलाई निःशुल्क खानाको व्यवस्था गरेपछि संस्थागत सुत्केरी बढेको पाइएको छ । गाउँपालिकाभित्र घरमै सुत्केरी हुने दरलाई शून्यमा पु¥याउन र स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुन आकर्षित गराउन सुत्केरी र उनका सहयोगीलाई निःशुल्क खानाको व्यवस्था गरिएको हो ।

संस्थागत सुत्केरी बढाउन गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्थामा सुत्केरी हुन जाने र उनका सहयोगीलाई खानाको व्यवस्था गरिएको छ । आव २०७५र७६ देखि नै गाउँपालिकाले शुरु गरेको यो कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

स्वास्थ्य सेवा सहजरूपमा प्रवाह गर्न वडा नं १ को तामाखानी, २ को साठीकोल र ५ को भोर्से भन्ने स्थानमा सामुदायिक स्वास्थ्य एकाइ केन्द्र सञ्चालनमा आएको छ ।

गाउँपालिकाले स्वास्थ्य संस्थामा नै सुत्केरी हुन जानेलाई प्रोत्साहन स्वरुप रु ६०० रकम र चार पटकसम्म नियमित गर्भ परीक्षण गराउनेलाई एक क्यारेट अण्डा वितरण गर्दै आएको छ । गत आवमा एक जनाले मात्र घरमै बच्चा जन्माएको पाइएको छ । गाउँपालिकाले शून्य ‘होम डेलीभरी’ गाउँपालिका बनाउने योजनाका साथ अगाडि बढेको छ ।

रम्भा गाउँपालिकाले पनि सबै वडालाई एकैसाथ पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने तयारी गरेको छ । रामपुर नगरपालिकाले दशवटै वडामा तथ्याङ्क सङ्कलन, छलफल कार्यक्रम अगाडि बढाएको स्वास्थ्य शाखा ंसंयोजक तीर्थप्रसाद पंगेनीले बताए ।

जिल्लामा आव २०७५र७६ मा चार हजार ७९१ जना स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी भएका छन् । जसअन्र्तगत रामपुर नगरपालिकामा २५२, तानसेन नगरपालिकामा चार हजार १५ रहेका छन् ।

गाउँपालिकातर्फ पूर्वखोलामा १६९, रम्भामा ६५, बगनासकालीमा ३६, रिब्दिकोटमा ५३, रैनादेवी छहरामा १०१, माथागढीमा ४४, तिनाउमा १४ र निस्दीमा ४२ रहेका छन् । जिल्लाका ३७ स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम लागू भए पनि ३६ स्वास्थ्य संस्थाबाट प्रसूति सेवा दिइएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवाली बताउँछन् । तर मिशन अस्पताल पाल्पामा भने आमा सुरक्षा कार्यक्रम लागु नभएपनि प्रसूति सेवा उपलब्ध छ ।

“पाल्पामा स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुने महिलाको दर सुधार हँुदै गएको छ, कार्यालयले यसमा विशेष चासोको रूपमा हेरेको र जिल्लाका ग्रामीण भेगमा पनि प्रसूति सेवा सञ्चालन भएको हुँदा बर्सेनि सुधार भएको छ” ज्ञवालीले भने ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage