scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

थवाङमा पहिरोले घर पुरियो, २ को मृत्यू, ४ बेपत्ता


रोल्पा, २७ भदौ । अविरल वर्षापछि पहिरो जाँदा थबाङ गाउँपालिका-२ छेर्लाबाङमा ६ जना पुरिएका छन् । गएराति गएको पहिरोमा परी पुरिएका मध्ये २ जनाको शव निकालिएको रोल्पा प्रहरीले पुष्टि गरेको छ ।

रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङका अनुसार पहिरोमा हराइरहेका अन्यको खोजी भइरहेको छ । स्थानीयको सहयोगमा अहिलेसम्म २८ वर्षीया सिरकुमारी झाक्री बुढा र उनको ४ वर्षीय छोरा असल बुढाको शव निकालिएको प्रहरीले जनाएको छ ।

विहीबार राति १२ बजे तिर गएको उक्त पहिरोमा परी सोही घरमा सुतिरहेका स्थानीय जयबहादुर बुढाको परिवारका सदस्यहरु हराइरहेका छन् ।

अहिले घटनास्थलमा मिरुल, कुरेली र थबाङबाट गएको प्रहरी र स्थानीयहरु उद्धारमा जुटिरहेका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्तीका अनुसार आफ्नो घर असुरक्षित भएपछि जयबहादुरको परिवार उक्त घरमा सुत्न आएको थियो । सहिद मार्ग सडक आयोजनाले खनेको सडकसमेत पहिरोले पुरिएको घर्तीले जानकारी दिए ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage