scheduleआइतवार कार्तिक ३ गते, २०७६

स्यामसङका २ नयाँ फोन बजारमा, यस्ता छन् विशेषता

काठमाडौं, २७ भदौ । अग्रणी स्मार्टफोन निर्माता कम्पनी स्यामसङले हालै २ वटा नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । स्यामसङले ग्यालेक्सी ए-५०  ग्यालेक्सी ए-३० नामक स्मार्टफोन सार्वजनिक गरेको हो ।

बजारमा आएका दुईवटै स्मार्टफोनमा ट्रिपल क्यामेरा सेटअप गरेर लन्च गरिएको हो । यी दुबै फोन ग्यालेक्सी ए-५० र ग्यालेक्सी ए-५० को नयाँ भर्सन रहेको कम्पनीले जनाएको छ । यी दुबै फोनमा नाइट मोड, सुपर स्टिडी भिडियो र प्रिमियम फिचर सामेल गरिएको छ । नयाँ फोनका मुख्य विशेषता यस्ता छन् :

एन्ड्रोइड ९.० पाइमा चलाउन सकिने

स्यामसङ ग्यालेक्सी ए-५० मा ६. ४ इन्चको फूल एचडिप्लस इन्फिनिटी यु सुपर एमोलेड (२३४०x१०८० पिक्सेल) डिस्प्ले छ । यो फोनमा १० एनएम एक्सिनोस ९६११ चिपसेट छ जसलाई एआई गेम बुस्टरसँग लिन सकिन्छ । यो एन्ड्रोइड ९.० पाइमा आधारित छ ।

त्यस्तै ग्यालेक्सी ए-३० मा ६. ४ इन्चको एचडीप्लस इन्फिनिटी भि सुपर एमोलेड डिस्प्ले राखिएको छ र यो डिस्प्लेको रिजोलुशन १५६०x७२० छ ।

फोनले फास्ट चार्जिङलाई सपोर्ट गर्छ 

ग्यालेक्सी ए-५० र ए-३० मा ४ हजार एमएएच ब्याट्री छ जसले १५ वाटको फास्ट चार्जिङलाई सपोर्ट गर्न सक्छ । यदि ब्याट्री पूरा चार्ज भएमा फोनलाई दिनभर चलाउन सकिने कम्पनीले बताएको छ ।

साथै यी दुबै फोनमा ४ जिबि र्‍याम र ६४ जिबी स्टोरेजसँगै अक्टा कोर एक्सनोस ७९०४ प्रोसेसर राखिएको छ । यसको इन्टरनल मेमोरी कार्डको मद्दतबाट ५१२ जिबीसम्म बढाउन सकिन्छ ।

ग्यालेक्सी ए-५० मा ट्रिपल रियर क्यामेरा राखिएको छ जसमा ४८ पिक्सेलको प्राइमरी क्यामेरा, ५ मेगापिक्सेलका डेप्थ सेंसर र ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्स जडान गरिएको छ । साथै ३२ मेगापिक्सलको सेल्फी क्यामरा समेत छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage