scheduleबुधवार आश्विन २९ गते, २०७६

११ वर्ष पछि पनि हलियाकोे अवस्था उस्तै

डडेल्धुरा, २८ भदौ । सरकारले तथ्यांक संकलन गर्दा वास्तविक हलियालाई छुटाएको नेपाल राष्ट्रिय दलित समाजले जनाएको छ । सरकारले मुक्त घोषणा गरेपनि वास्तविक हलियाको अवस्था भने उस्तै रहेको छ ।

सरकारले एक पटकका लागि पुनः हलियाहरुको तथ्यांक संकलन गर्नुपर्ने हलियामुक्ति समाज डडेल्धुराका अध्यक्ष भरत सार्कीको माग छ । नेपाल सरकारले हलियामुक्ति घोषणा गरेको ११ वर्ष पूराभएपनि उनीहरुको उचित पुर्नस्थापना हुन नसकेको उनीहरुको गुनासो छ ।

२०५९ सालदेखि संगठित रुपमा मुक्तिका लागि आन्दोलन गर्दै आएका सुदूर र मध्यपश्चिमका १२ जिल्लाका १९ हजार ५९ हलिया परिवारको उत्थानका लागि २०६५ भदौ २१ गते सरकारले मुक्ति घोषणा गरेको थियो । मुक्त हलिया व्यवस्थापनका लागि सरकारले केहि रकम उपलब्ध गराएको थियो ।

तर त्यो रकम टाठाबाठाले मात्रै पाएको स्थानीय हीरा देवीपल्लेको गूनासो छ ।मुक्त भइसकेका हलियाको उचित पुर्नस्थापना हुन नसक्दा उनीहरु मुस्किलले जीवनयापन गरिरहेका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage