scheduleशनिवार कार्तिक २ गते, २०७६

साझा पार्टीले तोक्यो कास्की र पोखराको संयोजक


पोखरा, २८ भदौ । साझा पार्टीको कास्की जिल्ला संयोजकमा अर्जुनप्रसाद खनाल र पोखरा महानगर संयोजकमा मनकाजी गुरुङ चयन भएका छन् ।

शनिबार एक कार्यक्रमका बीच खनाललाई जिल्ला संयोजक र गुरुङलाई महानगर संयोजकको रुपमा पार्टीले सार्वजनिक गरेको हो । कार्यक्रममा साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्र र गण्डकी प्रदेश संयोजक महेश भण्डारीले संयुक्त रुपमा माटोको टिका लगाएर जिल्ला र महानगर संयोजक घोषणा गरेका थिए ।

साझा पार्टीको जिल्ला संयोजक घोषणा भएसँगै खनालले जिल्लाका सबै गाउँपालिकाहरुमा संगठन विस्तार अभियानलाई तिव्रता दिने बताए । ‘पार्टीको संगठनलाई स्थानियस्तरबाटै बलियो बनाउने कुरा मेरो प्राथमिकता रहनेछ र पार्टीले दिएको यो जिम्मेबारीलाई मैले सफलतापूर्वक निभाउन प्रयास गर्नेछु,’ खनालले भने ।

साझा पार्टीको कास्की जिल्ला संयोजक बनेका खनाल राजनीतिशास्त्रमा स्नातकोत्तर हुन् । कानुनको विद्यार्थी समेत रहेका खनाल युवा व्यवसायी पनि हुन् । उनी एक इन्भेष्टमेन्ट कम्पनीका अध्यक्षको रुपमा कार्यरत छन् भने आफ्नै लगानीमा होटल संचालन गरिरहेका छन् । सामाजिक अभियन्ताको रुपमा लामो समयदेखि सम्लग्न खनालले २५ भन्दा बढि देश भ्रमण गरिसकेका छन् ।

त्यस्तै, साझा पार्टीको पोखरा महानगर संयोजक बनेका गुरुङले नजिकिँदै गरेको उपनिर्वाचन भन्दा अगाडि नै महानगरका प्रत्येक वडामा संगठन विस्तार गरिसक्ने प्रतिबद्धता जनाए । ‘निर्वाचनको क्रममा हाम्रो पार्टीको बलियो उपस्थिती यो क्षेत्रमा हुनेछ । र, उपनिर्वाचनमा पार्टीको प्रभाव छाड्नका लागि प्रत्येक वडामा संगठन विस्तार गर्ने काम तिव्रताका साथ अगाडि बढाउनेछु,’ गुरुङले भने ।

साझा पार्टीको पोखरा महानगर संयोजक बनेका गुरुङ कान्तिपुर एकेडेमीका प्राचार्य तथा संचालक हुन् । दीप यूनाइटेड क्लबका अध्यक्ष समेत रहेका गुरुङ नेशनल प्याब्सनका कास्की जिल्ला सचिव समेत हुन् । अध्ययन, भ्रमण र समाजसेवामा रुची राख्ने गुरुङ कास्कीको अर्मलामा जन्मिएका हुन् ।

संगठन विस्तारको क्रममा रहेको साझा पार्टीले अन्य जिल्लाहरुमा पनि सँयोजक घोषणा गर्ने क्रमलाई तिव्रता दिएको जनाएको छ । यही क्रममा आगामी असोज ३ गते पार्टीले गोरखा जिल्ला संयोजक घोषणा गर्ने कार्यक्रम तय भएको साझा पार्टी गण्डकीका संयोजक महेश भण्डारीले जानकारी दिए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage