scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

घाँटी थिचेर युवकको हत्या

महोत्तरी, २८ भदौ । एकडारा गाउँपालिका-२, स्थित धान खेतमा आज घाँटी थिचेर हत्या गरिएको अवस्थामा एक युवकको शव बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार राजकिशोर बैठाका छोरा अन्दाजी वर्ष १७/१८ विकेश बैठाको हत्या गरिएको अवस्थामा धान खेतमा शव पाइएको हो ।

बैठाको घाँटी थिचेर हत्या गरी फालिएको अवस्थामा आज बिहान करिब ९ बजेतिर वनमा घाँस काट्न गएका महिलाले देखेपछि गाउँमा होहल्ला गर्दै जाँदा गाउँलेले प्रहरीलाई खबर गरेका प्रहरी उपरीक्षक अधिकारीले बताए । बेला गाउँदेखि भंगहिया गाउँ जाने बाटोमा पर्ने फेकन महासेठको धान खेतको बीचमा शव फेला परेको हो । बैठालाई अत्यधिक बलपूर्वक घाँटी थिचेका कारण दुवै आँखा बाहिर निस्केको अवस्थामा शव फेला परेको हो ।

गाउँमा दुई/तीन दिनदेखि दाहा मेला लागेका अवस्थामा गएराति केही व्यक्तिले युवक बैठालाई फोन गरी मेला हेर्न बोलाएको थियो । तर, अबेर रातिसम्म उनी फर्केर घर नआएपछि गाउँभरि र आफन्तकहाँ उनको परिवारजनले खोजी गरे पनि कुनै पत्तो लागेको थिएन भने आज बिहान उनको हत्या गरिएको अवस्थामा शव फेला परेको उनका दाजु मुकेश बैठाले बताए ।

प्रहरीले हत्या गरिएका युवकको शवको स्थलगत मुचुल्का तयारी गरी अहिले शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाएको प्रहरी उपरीक्षक अधिकारीले बताए । रासस

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage