scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

बारा जिल्ला खुल्ला दिसामुक्त घोषणा

बारा, २८ भदौ । राष्ट्रिय सरसफाई गुरुयोजना अन्तर्गत बारा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।

कलैयामा आयोजित कार्यक्रममा जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समवन्य समितिले बारालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरेको हो  । प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले बारालाई खुल्ला दिसामुक्त जिल्ला भएको घोषणा गरेका थिए ।

सो अवसरमा मन्त्री सोनलले सरसफाइ अभियानमा साथ दिन जिल्लाबासीलाई आग्रह समेत गरेका छन् ।

योसँगै बारा जिल्ला देशभरको ६९ औं र प्रदेश २ को चौथो खुल्ला दिसामुक्त जिल्ला बनेको छ । नेपाल सरकारले असोजभित्रमा देशलाई नै खुल्ला दिसामुक्त घोषणा गर्ने तयारी गरिरहेको छ । सोही क्रममा‍ हाल विभिन्न जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage