scheduleबिहिवार आश्विन ३० गते, २०७६

साफे-मार्तडी सडकखण्ड पहिरोले अवरुद्ध

फाइल तस्बिर

बाजुरा, २८ भदौ । पहिरोका कारण बाजुराको साफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। शुक्रबार राति देखि परेको वर्षासँगै गएको पहिरोले उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार शुक्रबार परेको वर्षाका कारण बुढीगंगा र बडीमालिका नगरपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा साफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको हो ।

सडक संचालनको प्रयास भइरहेको भए पनि बुढीगंगा नगरपालिकाको अमकोटमा पहिरो बगिरहेको छ । त्यस्तै सडक चिरा परेकाले यातायात सञ्चालनमा समस्या भएको प्रहरीले जनाएको छ।

प्रहरीले पहिरो रोकिए आइतबारसम्म सडक खुल्ने जनाएको छ । पहिरोले सडक भासिएपछि करिब पचास मिटर बाटोमा नयाँ ट्रयाक खोल्नुपर्ने र त्यसको लागि पहिरो रोकिनुपर्ने प्रहरीको भनाई छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage