scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

ट्याक्टर दुर्घटनामा परी २ जनाको ज्यान गयो

कपिलवस्तु, २९ भदौ । वाणगंगा नगरपालिकाको कोपवामा भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

गएराति भएको दुर्घटनामा परी ट्याक्टर चालक वाणगंगा नगरपालिका–१ उप्टहवाका ३५ वर्षीय रामु थारु र १५ वर्षीय रन्जित बोटे माझीको मृत्यु भएको प्रहरीले जनाएको हो ।

त्यस्तै उक्त दुर्घटनामा री ट्याक्टरमा सवार ५ जना समेत घाइते भएको प्रहरीको भनाई छ । दुर्घटनामा वाणगंगा–१ का १७ वर्षीय जय ज्ञवाली र सोही ठाउँका १५ वर्षीय मनिस परिवार गम्भीर घाइते भएका छन् । उनीहरुको थप उपचारका लागि बुटवल ल्याएको छ ।

दुर्घटनामा सामान्य घाइते भएका ३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage