scheduleबिहिवार आश्विन ३० गते, २०७६

बुद्ध एयरका यात्रुप्रति क्षमाप्रार्थी छु : मन्त्री भट्टराई

 

फाइल फोटो

काठमाडौं, २९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बुद्ध एयरका यात्रुप्रति क्षमा मागेका छन् ।

मन्त्री भट्टराईले नेपालगञ्ज विमानस्थलमा आफ्नो कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्राथी रहेको बताएका हुन् । उक्त घटना लगत्तै उनले फेसबुकमार्फत् यात्रुसँग क्षमा मागेका हुन् । ‘मेरा कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति क्षेमाप्रार्थी छु’, भट्टराईले आफ्नो फेसबुक स्टेटसमा लेखेका छन् ।

त्यस्तै मन्त्री भट्टराईले आइतबार प्रतिनिधिसभाको बैठमा सहभागी हुनै पर्ने बाध्यताका कारण आफू काठमाडौं आउनु परेकोले उडानमा ढिलाई भएको समेत बताएका छन् । सो क्रममा केही व्यक्तिहरु नेपालगञ्ज विमानस्थलमा आफूप्रति आक्रामण शैलीमा प्रस्तुत भएको समेत उनको भनाई छ ।

‘भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिए, नेपालगंज विमानस्थलमा ३/ ४ जना व्यक्तिहरु आक्रमक शैलीमा मेराविरुद्ध प्रस्तुत हुनुभयो’, उनले आफ्नो फेसबुक स्टेटसमा लेखेका छन्, ‘ एकजनाले पारसका विरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैँले हामीलाई कति दु:ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेका छौ र ? सम्म भने ।’

यस्तो छ मन्त्री भट्टराईको फेसबुक स्टेटस :

 

शनिबार राति नेपालगञ्ज विमानस्थमा विमान एक घण्टा होल्ड गराएको भन्दै मन्त्री भट्टराईप्रति केही यात्रुहरु आक्रोशित बनेका थिए । सोही क्रममा निर्धारित समयभन्दा ढिलो आएको र आम नागरिकको समयलाई बेवास्ता गरेको भन्दै मन्त्री भट्टराईलाई दुर्व्यवहार गर्ने प्रयास समेत भएको थियो ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage