scheduleशनिवार जेष्ठ २४ गते, २०७७

चाडपर्वका अवसरमा उडानमा १० प्रतिशत छुट, काउन्टरबाटै टिकट लिन आग्रह

काठमाडौं, २९ भदौ । वायुसेवा सञ्चालक संघले आगामी १२ असोज २०७६ देखि १७ कात्तिकसम्म हवाई उडानमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

दसैंसहितका महत्वपूर्व चाडपर्वलाई मध्यनजर गर्दै यात्रुका लागि नियमित उडानमा १० प्रतिशत छुट दिने निर्णय गरेको वायुसेवा सञ्चालक संघ नेपाल (आयोन) ले जनाएको हो ।

Dish_Home

आयोनको आइतबार बसेको बैठकले नियमित उडान सञ्चालन गर्ने सबै वायुसेवा कम्पनीले काउन्टरबाटै टिकट खरीद गरे १० प्रतिशत छुट दिने निर्णय गरेको आयोगका सदस्य प्रज्वल थापाले बताए ।

‘टिकट आजै खरीद गरे पनि उड्ने दिन १२ असोजदेखि १७ कात्तिकभित्र पर्नु पर्‍यो, टिकटमा १० प्रतिशत छुट पाइन्छ,’ थापाले भने । ‘जहाजको टिकट लिँदा ट्राभल एजेन्सी तथा अन्य माध्यमबाट छुट नपाइन सक्छ, त्यसकारण काउन्टरबाटै टिकट काट्न आग्रह गरिएको हो,’ थापाले थपे ।

यसबाहेक कम्पनीहरुले दशैं–तिहारमा बढी चाप हुने समयमा अतिरिक्त उडान थपेर पनि टिकट काट्ने गर्छन् । यात्रुको माग अनुसार उडान थपघट हुने थापाको भनाई छ । ‘विगतमा झैँ टिकट पाउन मारामार हुँदैन,’ उनले भने, ‘फूलपातीदेखि दशमीसम्म काठमाडौंबाट बाहिर जाने र एकादशीदेखि २/३ दिनसम्म काठमाडौं आउने उडान अलि चाप हुन्छ ।’

त्यस्तै पछिल्लो समय वायुसेवा कम्पनीहरुले निरन्तर जहाज थप गर्दै गएका कारण दशैं, तिहार तथा छठ पर्वसम्म पनि आवश्यकता अनुसार हवाई टिकट उपलब्ध हुने वायुसेवा कम्पनीले जानकारी दिएका छन् ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय