scheduleमगलवार आश्विन २८ गते, २०७६

रुपन्देहीमा लुटेराले गोली चलाउँदा १ जनाको मृत्यु

भैरहवा, २९ भदौ । रुपन्देहीमा गोली प्रहार गरी १ जनाको हत्या गरिएको छ ।

रोहिणी गाउँपालिका- ३ स्थित रोहिणी गोला नजिक गोली प्रहार गरी १ जनाको हत्या गरिएको प्रहरीले जनाएको छ । गोली लागेर ओमसतिया ५ पट्खौलीका करिब ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको हो । मृतक कुर्मीको बायाँ कुममा गोली लागेर उनको ज्यान गएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार मृतक कुर्मीले भैरहवास्थिती एक बैंकबाट रकम निकालेर घरतर्फ जाने क्रममा उनीमाथि गोली प्रहार भएको थियो । मोटरसाइकलमा सवार २ जना लुटेरा कुर्मीलाई गोली हानी उनीसँग भएको रकम समेत लुटेर फरार भएका छन् ।

प्रहरीले हाल फरार लुटेराको खोजीकार्य गरिरहेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage