scheduleशनिवार कार्तिक २ गते, २०७६

विद्युत शुल्क बढी लिने घरबेटीलाई कारबाही हुन्छ : कुलमान घिसिङ

काठमाडौं, २९ भदौ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले घरबेटीले कोठा भाडामा बस्नेसँग बिजुलीको पैसा बढी लिए कारबाही हुने बताएका छन्।

नेपाल विद्युत प्राधिकरणले घरभाडामा लगाउने व्यक्तिहरुले भाडावालसँग नियमभन्दा धेरै विद्युत शुल्क असुली गर्ने गरेको भन्दै त्यस्तो गर्नेलाई कारबाही गर्ने चेतानवी घिसिङले दिएका हुन् ।

आइतबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले प्राधिकरणले तोकेको अधिकतम रकमभन्दा बढी लिएको उजुरी आए कारबाही हुने बताए ।

‘अहिलेको कानुन अनुसार नेपाल विद्युत प्राधिकरणले बिक्री गरेको बिजुली अरु कसैले पनि पुनः बिक्री वा व्यापार गर्न पाइदैन’, घिसिङले भने, ‘घरबेटीले बढी महसुल लिएको उजुरी आए कारबाही गर्छौं।’

ग्राहकबाट विद्युत प्राधिकरणले हाल प्रतियुनिट अधिकतम १३ रुपैयाँसम्म महसुल उठाउँदै आएको छ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage