scheduleशनिवार कार्तिक २ गते, २०७६

यस्तो छ फरार राजनीतिक ‘डन’ श्यामसुन्दरको अपराध यात्रा


एसपी यादव/ काठमाडौ, २९ भदौ । रुपन्देहीबाट निर्वाचन जितेर सांसद बनेका गुप्ता पछि आपूर्तिमन्त्रीसम्म बने । पूर्वमन्त्री गुप्ता अहिले प्रहरीको खोजी सूचीमा छन् । उनले दर्जनौंलाई ठगी गरेको प्रमाण फेला परेको छ । राजनीतिक आवरणमा अपराध गर्दै आएका श्यामकुमार गुप्ताले रकम आवश्यक पर्दा विभिन्न ब्यक्तिलाई घर विक्री गर्ने भन्दै करोडौं रकम लिएको तर घरजग्गा पास नगरी रकम समेत फिर्ता नदिएको घटना भेटिएको छ ।

गुप्ताले गरेको पहिलो कर्तुत

डन नेता गुप्ताले घर विक्री गर्ने भन्दै भैरहवाका प्रसान्त मणिसँग पटक–पटक गरेर २ करोड १० लाख रुपैयाँ लिएका थिए । रकम बुझेपछि न गुप्ताले घर पास गरे, नत जमिन नै पास गरिदिए । भोली–भोली भन्दै गुप्ता टार्दै गए । अन्ततः आफ्नै छोराहरुलाई अंश मुद्दा हाल्न लगएर जग्गा विक्री नै गरेनन् । पीडितलाई न उनले रकम फिर्ता दिए । अहिले उनै गुप्ताका कारण प्रशान्त मणि घर न घाटका भएका छन् । अदालतको शरणमा पुगेपछि प्रशान्त मणिले साँवा–ब्याज पाउने भए तर त्यसको विरुद्ध गुप्ता फेरि उच्च अदालत पुगे । उच्च अदालतले ब्याज दिनु नपर्ने फैसला गरिदियो । तर अहिलेसम्म पीडितले साँवा रकम पाएका छैनन् ।

दोस्रो घटना

जति बेला गुप्ता ब्यापारी पवन सँघाई अपरहण काण्डमा जेलमा रहेका थिए, उनलाई निकाल्न उनका छोराहरुले पनि ठ्याक्कै बाबुकै रणनीति अपनाए । भैरहवास्थित गुप्ताको छोराहरुका नाममा रहेको घर विक्री गर्नलाई ग्राहकको खोजी भयो । ग्राहकका रुपमा सिन्धुपाल्चोकका ब्यवासयी तथा समाजसेवी रेशम पाख्रिनलाई मुर्गाका रुपमा उनीहरुले पाए । जब पाख्रिनले गुप्ताको बारेमा थाहा पाए, उनले जग्गा किन्न रुचाएनन् ।

तर गुप्ताको छोराले पाख्रिनलाई मनाउँदै राजीनामा पास गरेरै घर विक्री गरे । जब जेलबाट गुप्ता बाहिर निस्किए, उनले पाख्रिनलाई पटक–पटक भेटेर घर फिर्ता गर्न धम्क्याए । केही गरे पनि पाख्रिनले नमानेपछि गुप्ताले एउटा महिला तयार पारे । गुप्ताकै डिजाइनमा कहिल्यै नदेखेको र नचिनेको अधवैशी महिलाले पाख्रिनमाथि बलात्कार गरेको झुटा जाहेरी दर्ता गरिन् ।

त्यसैको आधारमा पाख्रिनलाई ललितपुर प्रहरीले पक्राउ गर्यो । पक्राउ परेकै भोलीपल्ट पाख्रिनको नाममा भैरहवामा रहेको घरको चारकिल्ला लिन पुगेको खबर आयो । थुनुवा कक्षमा रहेका पाख्रिनले तत्काल तत्कालिन एसएसपी रविन्द्र धानुकलाई जानकारी गराए । एसएसपी धानुकै पहलमा पाख्रिनको उक्त घर विक्री हुनबाट जोगियो ।

तर ललितपुर प्रहरीले उनी निर्दोष भएको जानकारी हुँदाहुँदै पनि पाख्रिनलाई बलात्कारको मुद्दा लगायो । उनले विना कसुर ८ महिना जेलमा बस्नुपर्यो । तर सत्यको जहिल्यै जीत हुन्छ भने झैं ८ महिनापछि उनलाई जिल्ला अदालत ललितपुरले सफाई दियो । यि त भए गुप्ताबाट पीडितहरुका दुई वटा प्रतिनिधि घटना मात्र ।

१० बर्ष कैद फैसला गरेपछि फरार भए गुप्ता

तिनै अपहरण, फिरौती काण्डमा जेल सजाय काटिसकेका गुप्तालाई उच्च अदालत पाटनले पनि १० बर्षको कैद सजाय फैसला गरेको छ । ब्यापारी सँघाई अपहरण काण्डमा साढे ३ बर्ष जेल सजाय काटेर बाहिर आएका गुप्तालाई उच्च अदालत पाटनले सोही मुद्दामा १० बर्षको कैद सजाय सुनाएको हो । गुप्तासहित जेल सजाय पाउनेहरुमा आकाश लामा (राई), जीतबहादुर गोले भनिने विकास लामा, अमिर आचार्य र किशो पाण्डे रहेका छन् ।

उनीहरु सबैलाई १–१ लाख रुपैयाँ जरिवाना पनि गर्ने गत भाद्र १२ गते उच्च अदालत पाटनले फैसला गरेको थियो । आकाश लामा (राई) तिनै ब्यक्ति हुन् जसले महिलालाई प्रयोग गरी पीडित पाख्रिनमाथि बलात्कारको उजुरी हाल्न ललितपुर प्रही परिसरमा ल्याएका थिए ।

यस्तो छ गुप्ताको अपराध यात्रा

साढे ३ बर्ष जेल सजाय काटेर जेलमुक्त हुनसाथ गुप्ता पुनः पक्राउ परेका थिए । सशस्त्रका डिआइजी रञ्जन कोइरालालाई छुटाइदिने भन्दै उनको प्रेमिका तथा ब्यवसायी एक जना महिलालाई रकम असुल्न खोजेपछि ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनले ति महिलालाई पटक–पटक फोन गरेर ५० लाख रुपैयाँ नदिए अपहरण गर्ने धम्की दिएका थिए । सोही काण्डमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

साढे ३ बर्ष जेल सजाय काटेर बाहिर निस्किएको एक बर्षमै उनी पुनः पक्राउ परेका थिए । उनलाई ललितपुर प्रहरीले अपहरण तथा शरिर बन्धक उद्योगमा मुद्दा चलाएको थियो । उक्त मुद्दामा समेत उनलाई कैद सजाय भएको थियो । उनले तत्कालिन अध्यक्ष आनन्दीदेवी सिंहलाई अपहरण गरेको घटना सार्वजनिक भएता पनि उनलाई त्यसअघिसम्म पक्राउ वा कारबाही गरिएको थिएन ।

को हुन् गुप्ता ?

गुप्ता आपूर्तिमन्त्री समेत बनेका थिए । उनीमाथि ब्यापारी अपहरणदेखि आपराधिक क्रियाकलामा संलग्न रहेको आरोप पुष्टि भइसकेको छ । रुपन्देहीबाट निर्वाचन जितेर उनी सांसद पनि बनेका थिए । गुण्डागर्दीकै भरमा उनी सद्भावना पार्टी आनन्दीदेवीको अध्यक्ष भए । मन्त्री पदबाट हटेपछि उनले गाडी फिर्ता लिन गएको प्रहरीलाई अवरोध गरेपछि ठूलै हंगामा भएको थियो ।

गाडी फिर्ता लिन गएपछि उनी गाडीमुनि लम्पसार सुतेर अवरोध गरेका थिए । आनन्दीदेवी नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व.गजेन्द्रनारायण सिंहकी धर्मपत्नी थिइन् । आनन्दीदेवीको ८१ बर्षको उमेरमा निधन भएको थियो । ०५८ माघ १० गते गजेन्द्रनारायणको मृत्यु भएपछि २०५९ सालमा पार्टी विभाजन भएको थियो । विभाजनपश्यात आनन्दीदेवी नेसपा आनन्दीदेवीको अध्यक्ष भएकी थिइन् । तिनै अध्यक्ष आनन्दीदेवीलाई गुप्ताले अपहरण गरेका थिए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage