scheduleशुक्रवारमाघ ९ गते, २०७७

छोराले प्रहार गरेको खुकुरीबाट बाबु गम्भीर घाइते

भोजपुर, २९ भदौ । भोजपुरमा छोराले प्रहार गरेको खुकुरी प्रहारबाट बाबु गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार भोजपुर नगरपालिका- ११ आम्तेकका २५ वर्षीय शिवहाङ राईले आफ्नै बाबुलाई कुखुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । घरायसी विवादमा शिवले आफ्ना बाबु ५५ वर्षीय रामकुमार भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरेको प्रहरीको भनाई छ ।

शनिबार साँझ करिब ५ बजेतिर बावुछोराबीच विवाद चर्किएपछि शिवहाङले बावुलाई खुकरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट चन्द्रबहादुरको गर्धनमा गहिरो चोट लागेको छ ।

घटनालगत्तै फरार रहेका शिवहाङलाई आइतबार बिहान साढे १० बजेतिर भोजपुर नगरपालिका १० भैसीपंखाको असिनेबाट पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका चन्द्रबहादुरको उपाचार जिल्ला अस्पताल भोजपुरमा हुन नसकेपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay