scheduleसोमवार जेष्ठ १९ गते, २०७७

कारोबारको पहिलो दिनमै नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं, २९ भदौ । नेपाल स्टक एक्सचेन्स (नेप्से) साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको छ ।

आइतबार ११६० दशमलव २६ बिन्दूबाट सुरु भएको नेप्से परिसूचकमा १७ दशमलव ८७ अंकले घटेर ११४० दशमलव ०१ बिन्दुमा झरेका हो। खरिद गर्नेभन्दा बिक्रि गर्ने ग्राहकको संख्या बढेपछि समग्र सेयर बजारमा भारी गिरावट आएको हो ।

Dish_Home

सबैभन्दा बढी लाइफ इन्स्योरेन्स समूहमा ६६ अंकले गिरावट आएको छ। ३ दशमलव ५ प्रतिशतले सेयर मूल्य वृद्धि भएपछि रिलायन्स फाइनान्स कम्पनीका लगानी कर्ताले सबैभन्दा बढि सन्तुष्ट भए। त्यस्तै गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाए।

त्यस्तै कारोबारमा आएका ठूला कम्पनीको सेयर मूल्यमा पनि गिरावट आएको छ। आइतबार ३ दशमलव १९ अंकले सेन्सेटिभ इन्डेक्समा गिरावट आएको हो। आज कुल १६२ कम्पनी कारोबारमा आएको थियो। उक्त कम्पनीका १० लाख ९० हजार २ सय कित्ता सेयर खरिद बिक्रीबाट २८ करोड ८१ लाख रुपैयाँ सेयर बजारमा लगानी भएको छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय