scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

लौका खानुका फाइदाहरु

काठमाडौँ, ३० भदौ । बिहान बिहान एक गिलास लौकाको जुस पिउदा स्वास्थ्यका लागि फाइदाजनक हुने गर्दछ । यसले समयभन्दा छिट्टै कपाल फुल्ने समस्याबाट छुटकारा पाउनका लागि मद्दत गर्ने गर्दछ । भागदौड र तनावयुक्त जीवन र खराब खानपानले मानिसको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको छ । लौकामा रहेको पानीको मात्राले शरिरलाई स्फूर्ति प्रदान गर्दछ । साथै लौकामा हुने पोषण तत्वले मानिसको स्वास्थ्यलाई बलियो बनाई तनाव र चिन्ताबाट मुक्त राख्नका लागि मद्दत गर्दछ ।

कब्जियतको समस्या झेलिरहेका बिरामीहरुका लागि लौका खानु ज्यादै फाइदाजनक मानिन्छ । किनकि यसमा भएको फाइबरले पेटको भित्रि भागहरुलाई सफा गरी मानिसलाई स्वस्थ बनाउने गर्दछ । साथै एसिडिटिको समस्याबाट बच्नका लागि लौकाको जुस सेवन गर्नु फाइदाजनक हुने गर्दछ ।

लौकाले मानिसको शरिरलाई चिसो बनाउन मद्दत गर्दछ । साथै यसको जुस सेवनबाट पिसाब पोल्ने समस्याबाट पनि मुक्ति मिल्ने गर्दछ । लौकाको जुसले मानिसको पेटको आन्तरिक सफाई गर्ने गर्दछ । जसले पेट र रगतमा भएको बिकारक पदार्थलाई हटाई अनुहारमा चमक ल्याउनका साथै छालालाई सफा र कोमल बनाइराख्न मद्दत गर्दछ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage