scheduleबिहिवार आश्विन ३० गते, २०७६

इभर्टन पराजित

काठमाडौँ, ३० भदौ । गएराति भएको प्रिमियर लिगमा बर्नेमाउथले एभर्टनलाई ३-१ गोलले पराजित गरेको छ ।

बर्नेमाउथको जितमा क्यालम विल्सनले दुई गोल गरे भने रायन फ्रासरले एक गोल थपे । एभर्टनका डोमिनिक लेविनले एक गोल गरे ।

बोर्नेमाउथका लागि खेलको २३ औं मिनेटमा विल्सनले गोल गरे । खेलको ४४ औं मिनेटमा लेविनले गोल गर्दै एभर्टनका लागि बराबरी गोल फर्काए , ।

बोर्नेमाउथका लागि खेलको ६७ औं मिनेटमा रायनले गोल गरे । खेलको ७२ औं मिनेटमा विल्सनले गोल गरे ।

बर्नेमाउथले ५ खेलबाट ७ अंक जोडेको छ । बर्नेमाउथ लिगको आठौं स्थानमा छ । ७ अंक जोडेको एभर्टन लिगको ११ औं स्थानमा छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage