scheduleशुक्रवार जेष्ठ १६ गते, २०७७

समाजवादको सपना छोडेका छैनौं : अध्यक्ष प्रचण्ड

काठमाडौं, ३० भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु समाजवादी यात्रामा नै रहेको बताएका छन् ।

सोमबार बिहान नेकपाको कार्यालय धुम्वाराहीमा स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान नेकपा नेतृत्व समाजवादी दिशामा नै अघि बढिरहेको बताएका हुन् ।

Dish_Home

‘अब हामी अगाडि बढ्ने भनेको समाजवादको दिशामा नै हो’, प्रचण्डले भने, ‘त्यसैका लागि आवश्यक पर्ने वैचारिक स्पष्टता, समर्पित र अनुशासित कम्युनिष्ट पार्टी, लाखौं–करोडौं जनताको भरोसा जित्नसक्ने पार्टी निर्माणका क्रममा छौं।’

स्मृति कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अराजक तत्त्वहरुले भ्रम सिर्जना गर्दै वर्तमान व्यवस्थालाई मास्ने षड्यन्त्र भइरहेकाले प्रतिवाद गर्न समेत पार्टी पंक्तिलाई आव्हान गरेका छन् ।

‘हामी पुँजिवाद, साम्राज्यवाद र व्यक्तिवादी विचलनबाट समेत घेरिएको अवस्थामा समाजवादमा जाने प्रयासमा छौं’ प्रचण्डले भने, ‘समाजवादतर्फ हिँडेका छौं, तर यो सिस्टम कलिलो छ,  यसलाई मार्न सकिन्छ कि भनेर कोही छटपटिएको हामी देख्छौं ।’

‘केही त्यस्ता तत्त्वहरुले हत्केलाले सूर्यलाई छेक्ने जस्तो प्रयास गरिरहेका छन् । जनतामा भ्रम छरिरहेका छन् । त्यस्ताप्रति सर्तक र रहन र त्यस्ताविरुद्ध प्रतिवाद गर्नुस्,’ अध्यक्ष प्रचण्डले थपे ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय