scheduleबुधवार आश्विन २९ गते, २०७६

विश्व बजारमा तेलको मूल्य बढ्यो

एजेन्सी, ३० भदौ । साउदी अरबका २ वटा तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ ।

अमार्को तेल कम्पनीका २ वटा तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणलगत्तै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य  १० प्रतिशतले बढेको हो । सोमवार एसियाली बजारमा तेलको मूल्य वृद्धि भएको समाचार माध्यमले जनाएका छन् ।

शनिबार अमार्को तेल कम्पनीका २ वटा प्रशोधन केन्द्रमा भएको ड्रोन हमलापछि साउदी तेलको उत्पादन ५० प्रतिशतले घटेको छ । संसारकै महत्वपूर्व तेल प्रशोधन केन्द्रमा आगलागी भएपछि विश्व बजारमा तेलको मूल्य समेत बढेको हो ।

साउदी अरबले तेल उत्पादनमा दैनिक ५. ७ मिलियन ब्यारेल तेल कटौति गरेसँगै विश्व बजारमा तेलको आपूर्ति ५ प्रतिशतले घट्ने अनुमान गरिएको छ ।

त्यस्तै साउदी तेल प्रशोधन केन्द्रमा भएको आक्रमणलगत्तै मध्य पूर्वमा थप तनाव बढ्ने चिन्ता समेत गरिएको छ । अमेरिकी राष्ट्रपतिले आक्रमणपछि साउदी अरबको सुरक्षाका लागि अमेरिकी सेना तयार रहेको बताइ सकेका छन्। शनिबार ट्रम्पले साउदी अधिराजकुमार मोहम्मद बिन सलमानलाई फोन गरी यस्तो बताएका थिए ।

यता अधिराज कुमार सलमानले आफ्नो देशमा हुने कुनै पनि आक्रमणको कडा जवाफ दिन आफूहरु तयार रहेको बताएका छन् ।

त्यस्तै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमार्को तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेको बताएका छन् । तर उक्त आक्रमणको जिम्मा यमनको हुथी विद्रोहीले लिइसकेको छ ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage