scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

विप्लव समूहका जिल्ला सेक्रेटरी जेलबाटै नेकपामा प्रवेश गरे

इलाम, ३० भदौ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) जिल्ला सेक्रेटरी जेलबाटै सत्तारुढ नेकपामा प्रवेश गरेका छन् ।

इलाम जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका हुन् । राईले एक प्रेस विज्ञप्ति जारी गरी विप्लव समूह परित्याग गरेको र सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका छन्।

राईले विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको नीतिप्रति असहमति जनाउँदै उक्त पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

प्रहरीले राईलाई गत चैत २० गते झापाको विर्तामोडबाट पक्राउ गरेको थियो । उनलाई हाल इलामस्थित कारागारमा पुर्पक्षका लागि राखिएको छ । जिल्ला अदालत इलामले उनलाई रु एक लाख ५५ हजार धरौटी माग गरेको थियो ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage