scheduleमगलवार आश्विन २८ गते, २०७६

ड्रोन हमलाको जवाफ दिन अमेरिकी सेना तयार छ : डोनाल्ड ट्रम्प

एजेन्सी, ३० भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी तेल प्रशोधन केन्द्रमा भएको ड्रोन हमलाको जवाफ दिन अमेरिकी सेना तयारी अवस्थामा रहेको बताएका छन् ।

सोमबार एक ट्विट गर्दै राष्ट्रपति ट्रम्पले यस्तो बताएका हुन् । ‘साउदी अरबको तेल कम्पनीमा आक्रमण भएको छ र हामीलाई उक्त आक्रमणको पछाडि कसको हात छ भन्ने थाहा छ’, ट्रम्पले आफ्नो ट्विटमा लेखेका छन्, ‘अमेरिकी सेना जवाफी कारबाहीका लागि तयार रहेको छ ।’

तर साउदी अरबले आक्रमणकारी पहिचान गरेपछि मात्रै अमेरिकाले सोही अनुसार कदम चाल्ने ट्रम्पको भनाई छ । ‘अमेरिकी जवाफी कारबाही प्रमाणमा आधारित हुनेछ’, ट्रम्पले आफ्नो ट्विटमा लेखेका छन्, ‘अमेरिकाले साउदी अरबले आक्रमणकारीलाई पहिचान गरेपछि मात्रै हामीले कदम चाल्ने छौं ।’

साउदी अरबका २ वटा तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य समेत बढेको छ ।

अमार्को तेल कम्पनीका २ वटा तेल प्रशोधन केन्द्रमा शनिबार भएको ड्रोन आक्रमणलगत्तै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य  लगातार उकालो लागिरहेको छ । यता मध्यपूर्वमा नयाँ युद्धको बादल मडारिरहेको कतिपयको विश्लेषण छ ।

शनिबार अमार्को तेल कम्पनीका २ वटा प्रशोधन केन्द्रमा भएको ड्रोन हमलापछि साउदी तेलको उत्पादन ५० प्रतिशतले घटेको छ । संसारकै महत्वपूर्व तेल प्रशोधन केन्द्रमा आगलागी भएपछि विश्व बजारमा तेलको मूल्य समेत बढेको हो ।

साउदी अरबले तेल उत्पादनमा दैनिक ५. ७ मिलियन ब्यारेल तेल कटौति गरेसँगै विश्व बजारमा तेलको आपूर्ति ५ प्रतिशतले घट्ने अनुमान गरिएको छ ।

त्यस्तै साउदी तेल प्रशोधन केन्द्रमा भएको आक्रमणलगत्तै मध्य पूर्वमा थप तनाव बढ्ने चिन्ता समेत गरिएको छ । यता अधिराज कुमार सलमानले आफ्नो देशमा हुने कुनै पनि आक्रमणको कडा जवाफ दिन आफूहरु तयार रहेको बताएका छन् ।

त्यस्तै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमार्को तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेको बताएका छन् । तर उक्त आक्रमणको जिम्मा यमनको हुथी विद्रोहीले लिइसकेको छ ।

यता इरानी सैन्य कमाण्डरहरुले आफूहरु युद्धका लागि तयार रहेको बताइसकेका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage